संमङ्सिर २७ गते, शनिबार । भद्रपुरमा आज १ जना कोरोना संक्रमीत थपिनुभएको छ भने बिर्तामोडमा २, दमकमा ३, मेचिनगरमा १, कचनकवलमा २, बुद्धशान्तिमा २ , गौरादहमा ४, हल्दिबारिमा १,कनकाईमा ३ र बार्हदसिमा १ गरि झापामा २० जना नयाँ संक्रमीत थपिनुभएको छ ।
झापामा हाल सम्म ४,३००जना संक्रमीत हुनुभएकोछ भने ३,२९० जना निको हुनुभएकोछ । ९९१ जना विभिन्न अस्पतालमा र होम आईसोलेसनमा उपचाररत हुनुहुन्छ ।
झापामा आज दुई जनाको मृत्यु भएको भएर मृतकको ख्या १२२ पुगेको छ । मृत्यु हुनुहुनेमा मेचिनगर-१० का ७८ वर्षीय पुरुष र बिर्तामोड -४ का ८१ वर्षीय पुरुष हुनुहुन्छ ।
देशैभर आज ८९९ नयाँ संक्रमित थपिनुभएको छ भने डिस्चार्ज हुनुहुनेमा १,३५९ जना हुनुहुन्छ । आज थप १५ जना कोभिड १९ को कारण मृत्यु भएर देशैभर मृतकको संख्या १,६८९ पुगेको छ ।
हाल सम्म २,४७,५९३ जना कोरोना संक्रमित हुनुभएको छ भने निको हुनुहुनेको संख्या २,३४,२३१ हुनुहुन्छ । हाल सक्रिय संक्रमितको संख्या ११,६७३ रहेकोछ ।श्रोत – नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















