हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ओडिआईमा नेपालको एक स्थानमाथि उक्लियो

काठमाडौं, ८ चैत । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।

Advertisement

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि मात्रै नेपाल एक स्थान माथि उक्लिएको हो ।

Advertisement

वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)