हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कचनकवल गोल्डकपमा जलथल फुटबल क्लब पराजित

कचनकवल गोल्डकप

भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा  तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।

Advertisement

 85023194_1337027789818263_126406783652

Advertisement

उद्घाटन खेलमा  जलथल फुटबल क्लबलाई पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलाम क्वाटरफाइनलमा प्रवेश गरेको छ । जलथललाई २:१ गोलअन्तरले पराजित गर्दै इलाम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद बानिया, ओमप्रकाश सरावगी, गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशी लगायतले मन्तव्य राखेका थिए ।फागुन ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)