समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

कनकाई–४ मा आगलागी, आठ लाख बराबरको क्षति

झापा — झापाको कनकाई नगरपालिका–४, त्रिवेणी टोलमा सोमबार साँझ भएको आगलागीमा करिब आठ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। खेमनाथ खनालको टिन छानो र टाटीबेरा गरिएको ग्वालीमा दियोबाट आगो सल्किँदै फैलिएको प्रहरीले जनाएको छ।

आगलागीपछि ग्वालीभित्र रहेको मकै, धान, तोरी, पानी तान्ने मोटर, तेलबाला मेसिन, भाँडाकुडा तथा पराल जलेर नष्ट भएका छन्। ग्वालीमा रहेको एक माउगाई जलेर घाइते भएको र एक बाछोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement)Advertisement

क्षतिको मूल्य करिब रु. ८ लाख रहने अनुमान गरिएको छ। मानवीय क्षति भने परेको छैन।

घटनास्थलमा इटहरी प्रहरी चौकी सुरुङ्गाबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा आगो करीब २०:४० बजे नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)