हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कबिता : “क्षणिक अनुराग”

कबिता : “क्षणिक अनुराग”

Advertisement

गरेर यो मन क्षणिक अनुराग
भमरा ले उडाई लग्यो पराग,
न त आरोह छ न त आलाप
द्वय क्षन्दको यो कस्तो राग?

Advertisement

तप्तदै गरेको यो बसुन्धरामा
केवल आँसू नै छ र विलाप,
झट्ट उडेर गयो सारा गगनमा
बने थोपा थोपा मिलेर वाष्प,

अनि त भयो तप्त र सन्ताप
यो कस्तो सुरिलो राग विहाग?
गरेर यो मन क्षणिक अनुराग
भमरा ले उडाई लग्यो पराग,

आउंँदैन उस्का स्वर तरंगहरु
गीत अधुरो कीन उसले गायो,
कस्तो यो मर्मज्ञविहिन अनुराग
प्वाँखहरु स्वच्छन्द फरफरायो,

उडेर लग्यो उ भावको पराग
लियो स्नेह प्रेम र दियो बैराग,
केवल मात्र मनको वीतराग
कस्तो राग अनुराग र विराग,

विना राग प्रित ले गर्दछ विहाग
नुपूरहरू पनि गर्दछन् विलाप,
गरेर यो मन क्षणिक अनुराग
भमरा ले उडाई लग्यो पराग।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)