हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : मेरो गीत बोल्ने छ

म बोल्नु पहिले शब्दलाई तौलिने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।

Advertisement

भीड़भाड़ , उत्सव,मेला आदी हुँइन म
मारपीट,लुट मच्चाउने फसादी हुँइन म
हाम्रो गीतले तन-मनको राज खोल्ने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।

Advertisement

निज भाव,शब्दको काव्य मालामा उनेर
मार्मिक सृजन लेख्ने छु अश्रुले भिजाएर
वीर रस गीतले सबैको रक्त उम्लिने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।

दिलको हरेक आरजू लेखु गीत बोल्ने छ
रोमान्सको ग़ज़लमा प्रेम फूल खिल्ने छ
प्रकृति प्रगीत फूलमा भंवरॉ खेल्ने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।

केही लोक केही परलोकको वार्ता हुने छ
केही प्रसन्नता केही शोकको चर्चा हुन्छ
मेरो गीतले गाडेको मुर्दालाई खोदने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।

जो मेरो वाणीले भन्दैन लेखेर भन्ने छ
असत्य,हिंसा अधर्म विरुद्ध लेखिने छ
सबैको दिलमा भक्ति रस घोल्ने छ
म आफै बोल्दिन मेरो गीत बोल्ने छ ।
– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)