हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “म राष्ट्र हुँ”

कविता “म राष्ट्र हुँ”

Advertisement

म राष्ट्र हुँ, म देश हुँ)2
म पहाड हुँ, मधेश हुँ

Advertisement

म दुर्गन्धित फाेहाेर बाग्मती हुँ,
त्यही छेवैकाे दागबत्ती हुँ

म चाँदनी हुँ, दाेधारा हुँ,
म धाेती अनि टाेपी सारा हुँ

म चुडाइएकाे तुइन हुँ,
म उडाइएकाे swing हुँ

म जितिएकाे नालापानी हुँ
ब्युताइएकाे कालापानी हुँ

म हेर्छु वर्तमानकाे अावेगलार्इ,
बेचिएकाे महाकाली, लिपुलेकलार्इ

(अनगिन्ती निर्मला पन्तहरूकाे कठघरामा)2

कठ्याङ्रग्री रहेकाे म वकालत हुँ
(म परमादेशकाे अदालत हुँ,)2

म भेटीएकाे भगवान बुद्ध हुँ,
तर शान्ती नभेटिएकाे युद्ध हुँ

म शहीदकाे सपना हुँ,
सिंहदरबार नामकाे थपना हुँ

म यही प्रकृतिकाे सुन्दर मैना हुँ,
म त तिम्रै समाजकाे ऐना हुँ

बिश्वास पाैड्याल
हल्दीबारी १
कम्प्यूटर शिक्षक, जनजागृति मा वि

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)