हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाईटेड क्लब विजयी

वीरगन्ज, २८ फागुन । कृष्ण फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो खेलमा वीरगन्ज युनाईटेड क्लब ,वीरगन्ज विजयी भएको छ ।

Advertisement

परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा आईतबारदेखि सुरु भएको प्रतियोगितामा नवजन जागृति युवा क्लब सिमरालाई वीरगन्ज युनाईटेड क्लब ,वीरगन्जले हराएको हो । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा ट्राइब्रेकरमा नवजन जागृति युवा क्लब सिमरालाइ १–३ गोल अन्तरले पराजित गर्दै वीरगन्ज युनाईटेड क्लब ,वीरगन्ज विजयी भएको खेलकुद आयोजक क्लबका कोषाध्यक्ष कृष्णा प्रसाद यादवले जानकारी दिए ।

Advertisement

खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटेड क्लब ,वीरगन्जका जर्सी नम्बर १ का गोलकिपर दिलमणी चौधरीले पाएका थिए । उनलाई जसपाका नता संजय मण्डलले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको छ । त्यसअघि पहिलो हाफको मध्यान्तरमा नवजन जागृति युवा क्लब सिमराका जर्सी नम्बर १५ का विदेशी खेलाडी टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दै वीरगन्ज युनाईटेड क्लब ,वीरगन्जका जर्सी नम्बर २४ का खेलाडी निरज थापा मगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।
प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)