बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान झापा आईपुगेका छन् । तीन दिनको बसाईमा रहेका ओलीले आज झापा ओर्लिएपछि आफ्नो घर पुगेर बुवा मोहन प्रसाद ओलीसंग आशिर्वाद लिएका छन् ।

बुवा मोहन प्रसाद ओलीसंग आशिर्वाद लिंदै गर्दा बुवाले भने, “अबको प्रधानमन्त्री मेरै छोरा हुने हो । फागुन पछि मेरो छोरा फेरि प्रधानमन्त्री हुने देख्छु ।”

केपी शर्मा ओलीसंग भेट्न हाँस्य कलाकार विल्सन विक्रम राई समेत उनको घर पुगेका थिए । विल्सन विक्रम राईले केपी ओली उपस्थित कार्यक्रममा गित गाएर समेत सुनाएका थिए ।