हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

केपी ओली जनकपुर जाँदै, काँग्रेसका पूर्वमन्त्रीसहित ५ हजारलाई एमाले प्रवेश गराउने दावी

हल्दिबारी, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश मधेशको जनकपुर जाने भएका छन् ।

Advertisement

अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई पार्टी एमालेमा स्वागत गर्न जनकपुर जान लागेको उनको सचिवालयले जनाएको छ।

Advertisement

उनी बिहान ११ बजे जनकपुर अवतरण हुने बताइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको बताइएको छ ।

स्थानीय तहको मत परिणाम हेर्दा मधेश प्रदेशमा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)