हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोम्यान पछि यी ३ कोच बार्साको नजरमा

ला लिगामा बार्सिलोना फेरि पराजित भएको थियो । बुधवार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भए पछि बार्साले आफ्नो कोच रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो भने अब उनको ठाउँ कसले लिने ’दयगत धेरै चर्चा हुँदै गर्दा बार्साको नजरमा ३ कोच रहेको जानकारी छ।

Advertisement

खबर अनुसार नयाँ कोचको रुपमा साइन गर्न बार्साको सुचीमा जावी हर्नान्डेज, मार्सेलो गालार्डो र सर्गी बर्जुआन रहेको छ।जावी हर्नान्डेज बार्साका लेजेण्ड हुन् भने हाल उनी कतारी क्लब अल सादको कोचको रुपमा रहेका छन्। विगतमा पनि उनी बार्साको कोच बन्ने धेरै चर्चा भए पनि सो कुरा सफल हुन सकेको थिएन भने हाल अझै पनि बार्सा आफ्नो लेजेण्ड खेलाडीलाई कोचको रुपमा फिर्ता गर्न इच्छुक रहेको जानकारी छ।

Advertisement

रिभर प्लेट क्लबका कोच मार्सेलो गालार्डो पनि बार्साको नजरमा रहेको जानकारी छ भने बार्सा ‘बि’का कोच सर्गी बर्जुआनलाई अन्तरिम कोचको रुपमा बार्साले राख्न सक्ने जानकारी छ।बार्सा हाल धेरै कठिन स्थितिमा रहेको छ। आर्थिक समस्यामा रहेको बार्साको खेल रोनाल्ड कोम्यानको नेतृत्वमा बार्साको धेरै खराब फम रहेको थियो भने बुधवार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भए पछि बार्साले उनलाई बर्खास्त गर्ने निर्णय लिएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)