हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

गजल : समय किन रोकिन्छ र !

समय किन रोकिन्छ र
यहाँ कसैको लागि ।
दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।।

Advertisement

नजरेले हेरी रहेछ उनको
चेहरामा उदासी।
कुनै वहाना त चाहियो
यस उदासीका लागि ।।

Advertisement

को छ यहाँ जो दु:खी छैन
समयको मारबाट ।
अलि अलि रमाउनु पर्छ
दिल्लगी जिउनका लागि ।।

प्यार गर्छ जो डराउदैन
यो ज़मानादेखि ।
दिलमा दर्द चाहिन्छ
एक पल मौनताका लागि ।।

किन तड़पिए उसलाई
पाउने चाहनामा म ।
दिलमा उन्माद चाहिन्छ
उसलाई पाउनका लागि ।।

उ मेरो समीप छ
यही महसूस हुन लाग्यो ।
सिर्फ वचन चाहियो उसको
प्रेमिल मिलनका लागि ।।

मेरो सपनाको संसारमा
उ यसरी आउछिन ।
रात पनि छोटो भयो
लुकाछिपिमा रमाउछिन ।।
– देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)