हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गठबन्धनको उद्देश्य पूरा हुन्छ ः नेता सिटौला

हल्दिवारी । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक बाम गठबन्धन निर्माणको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । हल्दिवारीमा झापा क्षेत्र नम्वर ३ अन्र्तगत कार्यकर्ता तथा मतदातालाई धन्यवाद दिने कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले अहिलेको हारलाई आगामी दिनमा विजयमा परिणत गर्ने उद्देश्यका साथमा अगाडि बड्न समेत लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

Advertisement

Advertisement

चुनावमा हारजित स्वभाविक हुने भन्दै हारबाट आत्तिनु पर्ने कुनै कारणनभएकाले आम जनताको विचमा हिम्मतका साथ उपस्थित हुन समेत नेता सिटौलाले आग्रह गनरेका छन् । आफूले निर्वाचन हारेपनि जनताको विश्वास नहारेको बताउदै उनले अझै सक्रियताका साथ सामाजिक उन्नतिका लागि विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय रहने समेत प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र फागो, नेपाली काङ्ग्रेसका सभापति गङ्गाप्रसाद प्रसाईले समेत आआफ्नो धारणा राखेको कार्यक्रमको सहजीकरण काङ्ग्रेस सचिव तारा ढुंगेलको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)