हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गठबन्धन सरकार अमेरिकाको गुलाम, दलालहरुले नेपाललाई युक्रेन बनाउंदैछन- सुमनसिंह 

इलाम ,१६ भदौ । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीकाकेन्द्रीय सदस्य एवम्  युवा नेता सुमनसिंह पौडेलले दलाल संसदवादीहरुले नेपाललाई युक्रेन बनाउने गतिबिधी गरिरहेको बताएका छन्,। आज ईलामको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन सभामा बोल्दै नेता सिंहले देशमा अमेरिकी साम्राज्यवादीहरुकाे खुलेआम हस्तक्षेप भैरहेको बताएका हुन्,।
ईलामको चोकबजारमा आज सम्पन्न उद्घाटन  सभामा उपस्थित जनताको बिचमा उनले यतिबेला देश जोगाउने र जनतालाई दलाल संसदबादि सत्ताको अत्याचारबाट मुक्त गर्नु पर्ने जिम्मेवारी आफ्नो पार्टिको कांधमा आएको बताएका छन् । सिंहले तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तिनबुंदे सहमतिको प्रसंग निकाल्दै शेरबहादुर नेतृत्वको गठबन्धन सरकार अमेरिकाको गुलाम बनेको र नेकपा माथि पुनः प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए ।
उनले यो सत्ता तिनबुंदेमा ईमानदार नभए त्यसले द्वन्द जन्माउने बताउँदै सत्ताधारिहरु जनताको रगतको प्यासी भएको आरोप लगाए ।  आफ्नो पार्टी देश र जनताको सुरक्षा र प्रगतीमा ईमानदार भएर लंडाई लड्ने उद्घोष गर्दै नेता सिंहले यो सम्मेलनले देश र जनताको अधिकार र मुक्तिको निम्ति बलिदान गर्ने प्रतिबद्धता गर्ने बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)