हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

गुगल म्यापमा धरहराको नाम ‘सेतो टावर’, सरकार अनभिज्ञ

काठमाडौं, २०८२ साउन ४ । राजधानीको सुन्धारामा अवस्थित धरहरा गुगल म्यापमा अब ‘सेतो टावर’ (Seto Tower) नाममा देखिएको छ। गुगल म्यापमा “सेतो टावर” भनेर खोज्दा धरहराको नयाँ पुनःनिर्मित संरचना देखिने भएपछि सामाजिक सञ्जालमा यसको चर्चा चुलिएको छ।

Advertisement

यो परिवर्तनबारे सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CPIU) का कामु निर्देशक रोशन श्रेष्ठले सरकारलाई जानकारी नै नभएको प्रतिक्रिया दिएका छन्। “कसैले राख्यो होला, हामीलाई जानकारी छैन,” उनले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिए।

Advertisement

२०७२ सालको भूकम्पपछि धरहराको पुनःनिर्माण गरिएको थियो। सो संरचनालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियानका क्रममा ‘सेतो टावर’ भनेर सम्बोधन गरेका थिए। उनले धरहराको पुरानो स्वरूप भत्किसकेको जनाउँदै नयाँ संरचनालाई ‘सेतो टावर’को संज्ञा दिएका थिए।

विशेषज्ञहरूका अनुसार गुगल म्यापमा नाम, स्थान वा अन्य विवरणहरू सम्पादन गर्न प्रयोगकर्ताहरूलाई स्वतन्त्रता दिइएकोले कोही व्यक्तिले ‘सेतो टावर’ नाममा परिवर्तन गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, अहिलेसम्म गुगल वा नेपाल सरकारतर्फबाट यसबारे आधिकारिक स्पष्टीकरण आएको छैन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)