हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

घिमिरेको क्षेत्रीय सभापतिमा उम्मेद्बारी घोषणा

भद्रपुर । नेपाल काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतीमा काङ्ग्रेस झापाका युवा नेता राजेन्द्र घिमिरेले उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।

Advertisement

नेपाल विद्यार्थी संघको राजनीतिबाट काङ्ग्रेसको सक्रिय राजनीतिमा आएका घिमिरे भद्रपुर नगर पाटी सभापति समेत भइ सकेका छ्न । उनकै सक्रियतामा भद्रपुरमा काङ्ग्रेसको पार्टी भवन समेत खडा भएर संचालनमा आएको छ ।

Advertisement

अलैंची व्यवसायी समेत रहेका घिमिरेको उम्मेद्बारी घोषणाले काङ्ग्रेस कार्यकर्तामा उमंग थपिएको छ । नेपाल काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका एक समयका विस्वासीलो मानिएका घिमिरेको उम्मेद्बारी घोषणाले स्थानीय चुनाव र संसदिय चुनावलाई समेत सकारात्मक सन्देश जान सक्ने अनुमान गर्न थालिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)