हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चिकित्सक संघमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं( नेपाल चिकित्सक संघमा एक जना सदस्य बाहेक सबै पदमा डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी भएको छ। संघको २८ औं कार्यकारिणी समितीका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १ सय ५७ मत खसेको थियो।

Advertisement

गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको छ। मतगणना सकिए पनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलबार दिउसो १ बजे हुने भएको छ।

Advertisement

अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा डा लोचन कार्कीले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बरभन्दा बढी मतले जितेका छन्। डा कार्कीको ४ हजार १ सय ११ मत आएको छ भने पेशागत समावेशी समूहका डा पुष्पमणि खरालको १ हजार ९ सय ७९ मत आएको छ। डा कार्की र खरालबीच २ हजार १ सय ३२ मतको अन्तर छ।

अध्यक्षमा १ हजार ३ सय मत गणना हुनुअघि नै डा कार्कीले जित हासिल गरेका थिए। अन्तिम मत गणना नसकिँदै डा कार्कीले जित हासिल गरेपछि डा खरालले बधाई तथा शुभकामना दिएका थिए।

नयाँ कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जना सदस्य विजयी भएका छन्। उक्त समूहबाट डा लिजन महर्जन सदस्यमा विजयी भएका हुन्। डा महर्जनले २ हजार ८ सय ७२ मत ल्याएका छन्। डा महर्जनले लोकतान्त्रिक समूहका डा विक्रान्त ढकाललाई २ सय ८६ मतले पछाडी पार्दै विजयी भएका हुन्।

७ जना पदाधिकारी र ६ जना सदस्यसहित समितीमा १३ जना रहनेछन्। मतका आधारमा सदस्यहरुमा डा महर्जन ५ नम्बरमा परेका छन्। छैटौं नम्बरमा लोकतान्त्रिक समूहका डा प्रमोद जोशी रहेका छन्। उनको २ हजार ७ सय ९६ मत आएको छ।

यस्तो छ अन्तिम मतपरिणाम

अध्यक्ष
डा लोचन कार्की – ४१११
डा पुष्पमणि खराल– १९७९

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२
डा शिवप्रसाद श्रेष्ठ – ३५९५

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५
डा रञ्जितकुमार झा – १९५४

महासचिव
डा बद्री रिजाल – २४३१
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९

कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जितकुमार साह– २५७९

सहसचिव
डा निरजकुमार सिंह– ३७९०
डा सैलेन्द्र झा– १८९४

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह– १९४२

सदस्यहरु
१। अमित चतुर्वेदी– १५७४
२। डा विक्रान्त ढकाल– २५८६
३। डा विपेश आचार्य– २८८०
४। डा दीपकप्रसाद कोइराला– १८६८
५। डा जगदिशचन्द्र विष्ट– १२४९
६। डा लिजन महर्जन– २८७२
७। डा नन्दाकुमारी गुरुङ– ३३१६
८। डा प्रमोद जोशी– २७९६
९। डा प्रवीणकुमार गिरी– ७४७
१०। डा राकेश कुमार साह – २३१३
११। डा रितेश थापा– ३७१७
१२। डा सञ्जिव तिवारी– ३००४
१३। डा सुमन काफ्ले – २२२६
१४। डा त्रिभुवन चन्द्र झा – १८१३

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)