हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ९ महिना अगाडि

छठ पर्वमा तराई मधेस महिला फाउन्डेशनद्वारा साडी वितरण

राजविराज । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठ पर्वको पावन अवसरमा तराई मधेस महिला फाउन्डेशन नेपालले व्रतालु महिलाहरुलाई साडी वितरण गरेको छ।

Advertisement

‘नहाय–खाय’ अर्थात् छठ पर्वको प्रारम्भिक दिनको अवसरमा राजविराज नगरपालिका–६ स्थित पुरानो पोखरी मझधारमा आयोजित कार्यक्रममा फाउन्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले मन्तव्य राख्दै उपस्थित स्थानीय महिलाहरुलाई साडी वितरण गरिन्।

Advertisement

कार्यक्रममा सहभागी महिलाहरुले अभिरको टीका लगाएर एकअर्कालाई शुभकामना साटासाट गर्दै छठी माताको जय–जयकार गरे। उनीहरूले सन्तानको दिर्घायु, रोग–विकार नाश र समृद्धिको कामना गर्दै फाउन्डेशनको निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गरे।

अध्यक्ष साहको यो कार्यलाई स्थानीयले प्रशंसा गर्दै “राम्रो कामको सुरुवात” भएको बताएका थिए। विगत आठ वर्षदेखि फाउन्डेशनले छठ लगायत विभिन्न धार्मिक तथा सामाजिक अवसरहरूमा सहयोग र वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अध्यक्ष साहका अनुसार, “छठ पर्व श्रद्धा, आस्था र स्वच्छताको पर्व हो। यो पर्वले महिलामा धार्मिक उर्जा र आत्मबल वृद्धि गर्छ,” भनेर बताइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)