हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपाका असन्तुष्ट नेताहरु राजपा ब्युत्याउँदै बैठक जारी

देवेन्द्र आलोक काठमाण्डौ /नवगठित जनता समाजवादी पार्टी नेपालमा दर्ता नहुँदै विवाद उत्पन्न भएको छ । ५१ सदस्यीय कार्यसमितिसहित जेठ २५ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएपछि थुप्रै नेताहरु असन्तुष्ट बनेका हुन् ।

Advertisement

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्यहरु अनिलकुमार झा र राजकिशोर यादव निर्वाचन आयोग नै पुगेनन् । ५१ सदस्यीय कार्यसमितिमा आफ्नो मान्छे नपरेको कुरामा उनीहरु लगायत तत्कालिन राजपाकै शरतसिंह भण्डारी, महेन्द्रराय यादव पनि असन्तुष्ट रहेका छन् । उनीहरुको आज छुट्टै बैठक बसिरहेको छ । कार्यसमितिमा राजपा नेपालको तर्फबाट नाम राख्दा महन्थ ठाकुर र राजेन्द्र महतोले मनपरी गरेको आरोप उनीहरुको रहेको राजपा नेपालका तत्कालिन सचिव राहुल यादवले आरोप लगाए ।

Advertisement

‘राजपा नेपाल छवटा पार्टी मिलेर बनेको पार्टी हो । त्यसमा सबैको बराबरको अधिकार छ तर महन्थ ठाकुर र राजेन्द्र महतोले जसपा नेपालको केन्द्रीय समितिमा अधिकांश आफ्नै मान्छे मात्र राखेका छन्,’ उनले गुनासो गरे । महन्थ ठाकुरले आफ्नो तर्फबाट नौजना र राजेन्द्र महतोले आठजना नेता राखेका छन् ।शरतसिंह भण्डारी र महेन्द्र राय यादवको दुई दुईजना राखिएको छ भने अनिलकुमार झा र राजकिशोर यादवका एकजना नेता पनि परेका छैनन् ।उनीहरुका अनुसार कार्यसमितिमा दलित, मुस्लिम, आदिवासी जनजाति, महिलालगायतलाई स्थान नदिएको गुनासो पनि उनीहरुको छ ।आज असन्तुष्ट पक्षहरुको छुट्टै बैठक भइरहेको र सो बैठकमा कुनै नकुनै निर्णय बाहिर ल्याउने तयारी गरिरहेको नेता राहुल यादवले बताए ।

त्यस्तै, तत्कालिन समाजवादी पार्टीमा पनि असन्तुष्टि बढेको छ । समाजवादी पार्टीमा मधेशी नेताहरुलाई किनारा लगाएर अधिकांश नेताहरु अशोक राई र डा.बाबुराम भट्टराईको टीमबाट नाम राखिएको भन्ने गुनासो छ । मधेशमा आन्दोलनमा ठूलो बलिदानपछि निर्माण भएको मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीमा मधेशी नेताहरुलाई कुनै स्थान नदिएको गुनासो नेताहरुले गर्न थालेका छन् ।पाँचजना पदाधिकारीमा तत्कालिन समाजवादी पार्टीमा तीनजना रहेका छन्, त्यसमा मधेशबाट एकजना उपेन्द्र यादव आफै बसेका छन् । बाँकी दुई पदमा पहाडी समुदायबाट रहेकोमासो पार्टीका नेताहरुले गुनासो गर्न थालेका छन् ।

केन्द्रीय सदस्यमा तत्कालिन समाजवादी पार्टीबाट २२ जनामध्ये १६ जना पहाडी समुदायको रहेको गुनासो मधेशमा हुन थालेको छ । ‘मधेश आन्दोलनमा रगत बगाएको कुनै अर्थ नै रहेन,’ भन्दै मधेशका नेताहरुले गुनासो गर्न थालेका छन्

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)