समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

ढडुवा युवा क्लबद्वारा उपविजेता खेलाडी सम्मान, समुदायको सहभागिता उल्लेखनीय

हल्दिबारी, हल्दिबारी–३ का फुटबल खेलाडीलाई ढडुवा युवा क्लब परिवारले विशेष सम्मान कार्यक्रम आयोजना गरेर गौरवान्वित गरेको छ। स्व. जगत बहादुर तथा नरमाया बन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा उपविजेता बनेपछि खेलाडीको मेहनत र समर्पणलाई कदर गर्दै सम्मान प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले युवाको भविष्य निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलाडीलाई बधाई दिए। उनले वृक्षमा जल अर्पण गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। ओलीले खेलकुदका पूर्वाधार तथा आवश्यकतामा वडा कार्यालयले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रममा वडा सदस्य बिष्णुमाया तिम्सिना, रातमाटे सामुदायिक वनका अध्यक्ष जनक तामाङ, रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धन बहादुर सावा, बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा देवी आचार्य, वडा सचिव राजन खतिवडा तथा स्थानीयवासीको उपस्थिति थियो।

दुवै सामुदायिक वन अध्यक्ष तामाङ र सावाले खेलाडीले उपविजेता बनेर स्थानीय स्तरमा खेलकुदको प्रतिष्ठा बढाएको उल्लेख गर्दै निरन्तर उचाइ हासिल गर्दै जाने अपेक्षा व्यक्त गरे।

क्लबका सचिव अभिषेक खतिवडाले युवा क्षमता विकास, समुदायमा सकारात्मक दबाब सिर्जना र सामाजिक रुपान्तरणका अभियानमा क्लब सक्रिय रहेको जानकारी दिए। उनले खेलाडी एवं युवालाई एउटै उद्देश्यसहित अगाडि बढ्न आग्रह गरे।

सम्मान कार्यक्रममा खेलाडीहरूले प्रतियोगिताबाट प्राप्त ट्रफी तथा बोर्ड वडा कार्यालयलाई हस्तान्तरण गरेका थिए। खेलाडीको यो कदमलाई वडा अध्यक्ष ओलीले जिम्मेवारी र अनुशासनको प्रतीकको रूपमा प्रशंसा गरे।

यसै अवसरमा क्लबले कार्तिक २२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा आर्थिक सहयोग गर्ने वडा कार्यालय, रातमाटे र रणकाली सामुदायिक वन उपभोक्ता समूह तथा कल्याण सहकारी संस्थालाई धन्यवादसहित सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रम क्लब अध्यक्ष कुल बहादुर न्यौपानेको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन क्लबका सचिव युवा अभिषेक खतिवडाले गरेका थिए।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)