हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नायिका निशा अधिकारीले पत्रकार रिजाललाई धम्कि दिएकोप्रति गम्भीर ध्यानाकर्षण : नेपाल प्रेस युनियन

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले क्यानडानेपाल डटकमका पत्रकार मदन रिजाललाई युट्युबमा अपलोड गरिएको सामग्रीको विषयलाई लिएर नायिका निशा अधिकारीले धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

Advertisement

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले शुक्रबार विज्ञप्ति निकालेर क्यानडानेपाल डटकमका पत्रकार, प्रेस युनियन काठमाडौंका सदस्य मदन रिजाललाई युट्युबमा १० महिना अघि अपलोड गरिएको सामाग्रीको विषयलाई लिएर नायिका निशा अधिकारीले धम्कि दिएको विषयप्रति युनियको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Advertisement

‘कुनै पनि सञ्चारमाध्यममा प्रशारित सामग्रीको विषयमा कुनै गुनासो भए कानुनी उपचार खोज्ने बाटो खुल्ला नै छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रशारित सामाग्री भन्दा पनि सोमाथि प्रतिक्रियाको विषयलाई लिएर प्रतिक्रिया हटाउन धम्किपूर्ण अल्टिमेटम दिनु आफैमा आश्चर्यजनक छ । एउटा जिम्मेवार कलाकारबाट जिम्मेवार भूमिकाकै स्वभाविक अपेक्षा हुन्छ नै । पत्रकार आचारसंहिताभित्र रहेर प्रकाशित, प्रशारित सामाग्रीका विषयमा धम्कि दिने कार्य तत्काल बन्द गर्न ध्यानाकर्षण गराउँदछौं ।’

उनले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :

क्यानडा नेपाल डट कमका पत्रकार, प्रेस युनियन काठमाडौंका सदस्य मदन रिजाललाई युट्युबमा १० महिना अघि अपलोड गरिएको सामाग्रीको विषयलाई लिएर नायिका निशा अधिकारीले धम्कि दिएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि सञ्चारमाध्यममा प्रशारित सामग्रीको विषयमा कुनै गुनासो भए कानुनी उपचार खोज्ने बाटो खुल्ला नै छ ।

तर, प्रशारित सामाग्री भन्दा पनि सोमाथि प्रतिक्रियाको विषयलाई लिएर प्रतिक्रिया हटाउन धम्किपूर्ण अल्टिमेटम दिनु आफैमा आश्चर्यजनक छ । एउटा जिम्मेवार कलाकारबाट जिम्मेवार भूमिकाकै स्वभाविक अपेक्षा हुन्छ नै । पत्रकार आचारसंहिताभित्र रहेर प्रकाशित, प्रशारित सामाग्रीका विषयमा धम्कि दिने कार्य तत्काल बन्द गर्न ध्यानाकर्षण गराउँदछौं ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)