काठमाडौँ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनलाई गिरफ्तार गरेको छ।

प्रहरीले उनलाई बुधबार बिहान करिब ७ बजेतिर कैलालीको धनगढी उप९महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको हो। नेता पुनसँगै उनकी पत्नी पूर्णिमा धामीलाई पनि प्रहरीले गिरफ्तार गरेको समाचारमा जनाइएको छ।

पूर्णिमा अखिल नेपाल महिला सङ्गठन ९क्रान्तिकारी० की सेती–महाकाली ब्युरो इन्चार्ज हुन्। धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गएको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटी(लखेटी गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

कोरोना महामारीले देश सङ्कटपूर्ण अवस्थाबाट अघि बढिरहेको बेलामा पनि सामान्य मानवीय संवेदनालाई समेत ख्याल नगरी फरक राजनीतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार