हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८२/०३/२२ गते)

आज २०८२ साल असार २२ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम सम्बन्ध सुमधुर रहनेछ। विचार नगरी वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ साथै नयाँ कार्यप्रति चासो बढ्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सामानको सुरक्षामा ध्यान दिनुहोला। चिताएको कार्य सम्पादन हुनेछ। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा उत्साह जाग्नेछ। अरुको मुख ताक्नु भन्दा आफ्नो कार्य स्वयं गर्नुहोस्। आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) संगीत र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। साहस र पराक्रमले नयाँ कार्यको जग राख्न सक्नुहुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्यात्मतर्फ झुकाव बढ्नेछ। घर परिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्ला। कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त गर्न सकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नियमित दिनचर्यामा सानो बदलावले ठूलो कार्यसम्पादन हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। पारिवारिक विषयमा गोपनीयता राख्नुहोला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। अरुको लैलैमा लागेर समयको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेमा योजना बनाएर कार्य गर्नुहोला। पारिवारिक सद्भावमा कमी आउनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोल। आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा श्रमको अनुरुप सफलता नमिल्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा आलस्यले गर्दा बनिरहेको कार्य बिग्रिन सक्छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको बाटो खुल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

राशीफल साभार: हाम्रोपात्र

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)