हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।

Advertisement

यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५ मत पाएको छ ।

Advertisement

पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४१ हजार ९६९, छैटौं स्थानमा रहेको जसपा नेपालले २ लाख ३८ हजार ८८७ मत र सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले एक लाख ८६ हजार १०८ मत पाएको छ ।

आठौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले एक लाख ६९ हजार ५०५, नवौं स्थानमा रहेको जनमत पार्टीले एक लाख ६६ हजार ३७० र दशौं स्थानमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख १०२ मत पाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)