हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदेश १ को राजधानी कोचिला नभए बिद्रोह हुन्छ :पूर्णसिंह राजवंशी

हल्दिवारी । प्रदेश सांसद पूर्णसिंह राजवंशीले प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने माग राखेका छन् । प्रदेशसभाको बैठकमा बोल्दै सांसद राजवंशीले कोच प्रदेश नामाकरण नभए विद्रोह हुने चेतावनी समेत दिएका छन् ।

Advertisement

झापा क्षेत्र नं. ३ (ख) बाट निर्वाचित सांसद राजवंशीले कोच पहिचानका बारेमा कुनै पनि राजनीतिक दलहरुले आवाज नउठाएको भन्दै दुख व्यक्त गरेका छन् । उनले भने, ‘परिवर्तनको आन्दालेनमा कोच जातिको कुनै योगदान छैन ? कोचको पहिचान मेट्टाउने सपना कसैले नदेख्नुहोस् ।’

Advertisement

सातै प्रदेशको नामाकरण भइसक्दा पनि प्रदेश १ को नामाकरण गर्न नसक्दा आफु पनि दुखी भएको भन्दै सांसद राजवंशीले आदिमकालदेखि बसोबास गर्ने झापा, मोरङ र सुनसरीका कोच जातिको पहिचान मेटाउन नपाइने चेतावनी दिए । उनले कोचको आफ्नै भाषा, संस्कृति र पहिचान भएको बताए । कोचिला प्रदेशको नामाकरणका लागि ३ लाख कोच समुदायको आवाज आफुले उठाएको बताउँदै राजवंशीले भने– राजनीतिक दलहरुले आदिवासी समुदायको पहिचानको कुरा उठाउन अप्ठ्यारो मानेकै कारण आफैले उठाएको छु । कोच समुदायको पहिचानमा खेल्ने प्रयास नगरियोस् ।

प्रदेशको नामाकरणमा कोचिला समेट्न माग गर्दै पहिचानबादीहरुलाई कोच प्रदेशको लागि आवाज उठाउन आग्रह समेत गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)