हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फागुन ७ देखि भद्रपुर झापा गोल्डकप

भद्रपुर । फागुनको अन्तिम साताबाट सुरु हुने भनिएको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता सम्भवतः फागुनको पहिलो हप्ताबाटै हुने भएको छ ।

Advertisement

एन्फासँग समय निर्धारणको क्रममा भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म गरिने लगभग तय भएको गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए । प्रतियोगिताको मिति अघि सारेर तय गरिएसँगै आयोजकलाई खेल मैदान निर्माणदेखि सकुशल सम्पन्नताका निम्ति आर्थिक चटारो पनि त्यत्तिकै सुरु भएको छ। आयोजक समितिका अध्यक्ष ढकालले भने, आर्थिक जोहो गर्न अहिले हामी झापाका स्थानीय तह र उद्योगी व्यवसायी समक्ष प्रस्ताव लिएर गइरहेका छौ ।

Advertisement

मेची रङ्गशालाको भौतिक संरचना मर्मत सम्भार, खेल मैदानको स्तरीकरण, पार्किङ स्थल र आसपासका क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर अहिले काम भइरहेको छ। प्रतियोगिता सम्पन्न गर्न ठुलो धनराशि आवश्यक पर्ने भएकोले आर्थिक जोहो नै अहिलेको हाम्रो प्रमुख चुनौती बनेको अध्यक्ष ढकालले बताए ।

त्यसैले, भद्रपुर झापा गोल्डकप २०७९ सफलता पूर्वक सञ्चालनार्थ सहयोगको अपिल गर्दै अध्यक्ष दीपेश ढकाल, उपाध्यक्षद्वय गौरव सुब्बा र डिल्लीकुमार घिमिरे हिक्मत, महासचिव जीवनकुमार श्रेष्ठ ,सल्लाहकार तथा उद्योग वाणिज्य महासंघ प्रदेश एक अध्यक्ष टिकाराज ढकालको संयुक्त टोलीले सहयोगको अपिल सहित निरन्तर आर्थिक अभियान सुरु गरेको छ । सो टोलीले झापाका १५ वटै स्थानीय तह र अन्य उद्योगी व्यवसायीहरूलाई प्रतियोगिता सम्पन्न गर्न सहयोगको अपिल गरिएको आयोजक समितिका उपाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)