हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

बाह्रदशी काङ्ग्रेस सभापतिमा इन्द्र बस्नेत अत्यधिक मतले विजयी 

झापा । नेपाली काङ्ग्रेसको हुन गई रहेको १४ औं महाधिवेशनमा बाह्रदशी गाउँ सभापतिमा इन्द्र बहादुर बस्नेत विजयी भएका छ्न ।

Advertisement

उनले आफ्ना प्रतिद्वन्दी टंक प्रसाद शाहलाई ४३ मत अन्तरले हराउँदै काङ्ग्रेस बाह्रदशीको सभापतिमा विजय हासिल गरेका हुन । विजयी बस्नेतले १०१ मत प्राप्त गरेका थिए भने शाहले ५८ मतमै चित्त बुझाउनु परेको थियोे ।

Advertisement

तत्कालीन चकचकी गाउँ सभापति ,जिल्ला सदस्य हुँदै सक्रिय रूपमा काम गरेका बस्नेतले २०४५ देखि नेपाली काङ्ग्रेसको संगठनमा रहि निष्ठा र इमानदारीका साथ काम गरेकोले पनि उनी विजयी भएका हुन ।

उनलाई विजयी गराउन पुर्व जिल्ला सचिव दयानन्द गोस्वामी ,गाउँपालिका अध्यक्ष खडग प्रसाद राजवन्सी ,उपाध्यक्ष रत्ना राजवन्सी ,काङ्ग्रेस नेता राम दुलाल ,७ बटै वडाका निर्वाचित सभापतिहरुले साथ दिएका थिए ।

त्यस्तै शाहलाई गत निर्वाचनमा काङ्ग्रेसबाट उम्मेद्बार भएका प्रदेश सभा सदस्य भगिरथ पोद्दार र काङ्ग्रेस बाह्रदशी सभापति ॐ प्रकाश गौतम लगायतको समर्थन रहेको बताईएकोछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)