आज २०८१ साल चैत ३० गते शनिबारको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा सहयोगीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। फिजुल खर्चबाट बच्नुहोस्। प्रतिस्पर्धामा शत्रुहरूलाई पछि पार्न सकिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्यक्षेत्रमा पुरै उत्साह वा लगनशीलताको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यवसायिक यात्रा सफल रहनेछ। नोकरी वा पेशामा स्थान्तरणका योग छन्। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसाय वा कार्यक्षेत्रलाई लिएर विदेश भ्रमणका योग छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राम्रो व्यवहारले छरछिमेकीहरु प्रसन्न रहनेछन्। व्यक्तित्वलाई निखार्नको लागि जीवनशैलीमा परिवर्तन ल्याउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यमा विश्वास गरेर कार्यक्षेत्रमा कुनै ठूलो निर्णय नलिनुहोला। आर्थिक वा वित्तीय स्थितिमा सुधार हुनेछ। परिवारसँग मनोरंजनात्मक समयले बित्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलि र विचारका प्रशंसकहरु बढ्नेछन्। कार्यक्षेत्र वा व्यापार व्यवसायमा बनाइएका योजनाहरू सफल रहनेछन्। स्वास्थ्य सबल रहनेछ। विशेष व्यक्तिहरूबाट आकर्षक उपहार प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गुप्त रोगले सताउन सक्ला। महत्वकांक्षी योजनाहरू पूरा गर्नमा बाधा आउनेछ। निरन्तर प्रयास नै सफलताको कुंजी हो। धार्मिक स्थल वा कुनै रमणीय स्थानको यात्रा होला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन वृष राशिहरूको लागि विशेष रहनेछ। सोचेको सबै कार्य सम्पादन हुनेछ। कार्यक्षेत्रमा पिताद्वारा प्रशंसा पाइनेछ। विद्यार्थी वर्गहरू आफ्नो करियरलाई लिएर गुरुजनहरूसँग परामर्श लिन सक्नुहुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना रोकिएका कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। आर्थिक मामलाहरू सुल्झिनेछन्। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। शुभचिन्तकहरूको साथ मिल्नाले काममा उत्साह जाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक संसाधन जुटाउन दिगो कार्य प्रारम्भ हुनेछ। अरुको व्यवहारले शंका उब्ज्याएपनि माननीयजनहरूको सल्लाहलाई मान्नुहोस् लाभ हुनेछ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा नयाँ अनुबन्ध भविष्यलाई फाइदा दिलाउने वाला हुनेछ। शिक्षकहरूलाई आयआर्जनका नयाँ बाटो खुल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेक‍ो छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्यात्म भाव जागृत हुनाले परोपकारमा मन लाग्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। अप्ठ्यारा चुनौतीहरूलाई सजिलो पार्न सकिनेछ। आयआर्जनको नयाँ अवसर प्राप्त हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला। आफ्नो बुद्धि र योग्यताले व्यापार व्यवसायमा नयाँ सोच ल्याउन सक्नुहुनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

साभार: हाम्रोपात्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार