हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

झापा, भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।

Advertisement

महारानी चोकका अर्जुन लिम्बुका अन्दाजी १२/१३ वर्षीय छोरा अर्पण लिम्बु सोमबार दिउँसो करिब ३ बजे साथीहरूसँग पौडी खेल्न गएका थिए। उक्त क्रममा उनी खोलामा डुबेर बेपत्ता भएका थिए।

Advertisement

बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी चौकी किच्चकवधबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य सुरु गरेको थियो। खोजतलासका क्रममा अर्पण लिम्बु करिब ४ बजेर २५ मिनेटमा खोलामै मृत अवस्थामा फेला परेको झापा प्रहरी कार्यालयले जनाएको छ।

मृतकको शव परीक्षण तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट अधिकृतसहितको टोली घटनास्थलमा पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)