हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ११ महिना अगाडि

भारतमा नेपालका नौ अभियन्तालाई अन्तर्राष्ट्रिय सम्मान

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक विशेष अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालका नौ जना सामाजिक अभियन्ता सम्मानित भएका छन्।

Advertisement

विश्वव्यापी मानव अधिकार संरक्षण मञ्चले “बुद्ध र उनको धम्म – अम्बेडकरको अन्तिम कृति” विषयमा आयोजना गरेको सेमिनार तथा सम्मान कार्यक्रममा मधेश र कोशी प्रदेशका विभिन्न सामाजिक क्षेत्रबाट सक्रिय अभियन्ताहरूलाई सम्मान गरिएको हो।

Advertisement

सम्मानित हुनेहरूमा सप्तरीकी सुनिता कुमारी साह, रौतहटका मुकेश कुमार साह, सप्तरीकै अन्वर अली, उदयपुरका प्रदीप गिरी, पर्साका ध्रुव कुमार साह, सर्लाहीका डा. नवल किशोर साह, सप्तरीकै नेत्रविक्रम साह र कामेश्वर साह तथा सर्लाहीकी सुनिता कलवार रहेका छन्।

कार्यक्रममा मञ्चका संस्थापक सहअध्यक्ष महानन्द सरकार दत्त, कार्यकारी अध्यक्ष काशीराम गोविन्द पैठणे, उत्तराखण्डका सामाजिक कार्यकर्ता जयपाल सिंह लगायतले मन्तव्य राखेका थिए।

नेपालबाट सहभागी भएकी तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष सुनिता साहले समेत कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गरेकी थिइन्।

कार्यक्रमको सञ्चालन अधिवक्ता डा. विजय कुमार कस्तुरेले गरेका थिए।

समाज परिवर्तनका लागि अग्रसर यी अभियन्ताहरूको अन्तर्राष्ट्रिय स्तरमा भएको सम्मानले नेपालको प्रतिष्ठा थप उचो बनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)