हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भारतीय टी–२० टीमको कप्तान बन्दै केएल राहुल

केएल राहुल भारतीय टी–२० टीमको कप्तान बन्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूले राहुल टि–२० को कप्तान बन्ने र विराट कोहली टि–२० विश्वकपपछि कप्तान छोड्न समाचार दिइरहेका छन् ।

Advertisement

एएनआइले दिएको समाचार अनुसार रोहितले शर्मा पनि केही समय आराम गर्ने छन् । यहीँबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआइले जनाएको छ । अहिले रोहित शर्मा टि–२० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन्, तर उनलाई पनि टि–२० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अष्ट्रेलियामा टि–२० र एकदिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो ।

Advertisement

‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ र यो कुनै गोप्य कुरा होइन । राहुल टीमको टि–२० प्रारूपको अभिन्न अंग हो । उसले नेतृत्व गर्न लगभग निश्चित छ,’ स्रोतले भन्यो । २०२१ को टि–२० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दैछ । जहाँ, दुई देशबीच तीन खेलको टि–२० अन्तर्राष्ट्रिय श्रृङ्खला र त्यसपछि दुई खेलको टेष्ट सिरिज हुनेछ । टि–२० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ ।

भारत र न्यूजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरबाट सुरु हुँदैछ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बइमा खेलिनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)