हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भिभोले आईपीएल प्रायोजन छोड्दा बिसीसीआईलाई करिब २ सय करोड घाटा लाग्न सक्ने

  चिनियाँ मोबाइल कम्पनि भिभोले इन्डियन प्रिमियर लिग( आईपीएल ) को टाइटल स्पन्सरबाट हात झिकेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई ( बिसीसीआई ) लाई ठुलो आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ।

Advertisement

आर्थिक वेबसाइट मनिकन्ट्रोलका अनुसार बिसीसीआईले नयाँ टाइटल स्पन्सरबाट बढीमा ३ सय करोड भारु मात्र पाउन सक्नेछ। अर्थात् करीब १४० करोड भारुको (२२४ करोड नेपाली रुपैयाँ )घाटा भारतीय क्रिकेट बोर्डले व्यहोर्नु पर्नसक्छ।बिसीसीआईलाई भिभोले वार्षिक ४४० करोड भारतीय रुपैयाँ ( ७१०.४ करोड नेपाली रुपैयाँ ) दिने सम्झौता गरेको थियो। यो वर्ष भिभो प्रायोजक नहुने हुँदा नयाँ प्रायोजकबाट भिभोले दिने भन्दा निकै कम रकम बिसीसीआईले पाउन सक्ने बताईएको छ।

Advertisement

मनिकन्ट्रोलका अनुसार भिभो बाहिरिदा बिसीसीआई पछि आईपीएलको आधिकारिक ब्रोडकाष्टिङ पार्टनर स्टार इन्डियालाई पनि पर्नेछ।“वर्तमान परिस्थितिमा बिसीसीआईले भिभोको सट्टा नयाँ प्रायोजकबाट ४४० करोड भारु कमाउन सक्नेछैन। भारतमा चिन बिरोधि अभियान चलीरहंदा भिभो आफ्नो ब्राण्डको प्रशारण पनि नगर्न सक्ने हुँदा प्रतियोगिताको अधिकारिक ब्रोडकास्ट पार्टनर स्टार इन्डियालाई पनि यसले ठुलो असर पर्न सक्छ।” मोगे मिडियाका अध्यक्ष सन्दिप गोयलले मनिकन्ट्रोललाई बताए

 गोयलका अनुसार यो समयमा अर्को टाइटल स्पन्सर पाउन बिसीसीआईलाई मुस्किल हुनेछ भने चाहे अनुसार पैसा पाउने सम्भावना कम रहेको छ। ” जनताको भावना चिन बिरोधि हुँदा बिसीसीआई मुस्किल भएको हो। भिभोले आगामी वर्ष परिस्थिति कस्तो हुने आंकलन गरेर पुनः प्रायोजन सम्झौता गर्ने बारे पुनर्विचार गर्नेछ।” उनले थपे।

भारतमा चिनिया समान बहिस्कार गर्ने अभियाननै चलीरहेको छ
भारत र चिन बीच सिमा तनावको क्रममा गलवान उपत्यकामा २० जना भारतीय सैनिकहरु मारिएपछि भारतमा चिनिया सामग्रीहरु बहिस्कार गर्ने लहर चलीरहेको छ। यस कारण बिसीसीआईलाई भिभोसंगको करार रद्द गर्न दबाब रहेको थियो। भारतले ६० वटा चिनिया मोबाइल याप समेत प्रतिवन्ध गरेको थियो।

भिभोको स्थानमा को होला प्रायोजक

भिभोको स्थानमा आईपीएलको प्रायोजकमा एफएमसीजी कम्पनि र टेलिकम कम्पनि अघि आउन सक्ने अनुमान गरिएको छ। चाडपर्वको समय आउदै गरेकोले एमएमसीजी कम्पनि र टेलिकम सेवा प्रदायकहरुको लागि बजार माहोल सिर्जना गर्ने राम्रो समय हुँदा आईपीएललाई प्रयोजन गर्न सक्ने सम्भावना बढी रहेको हो।

भारतमा चिन बिरोधि अभियान चलेका कारण भिभोको व्यापारमा निकै गिरावट आएको बताईएको छ। चिनियाँ सामग्री बिरोधि अभियान चलीरहंदा बिज्ञहरुका अनुसार भीभोले यो वर्ष टाइटल स्पन्सर छोड्ने निर्णय जिम्मेवारीपूर्ण रहेको छ। बिसीसीआईको लागि पनि यसले अस्थाई रुपमा नोक्सान पुर्याउनेछ।

बिसीसीआईसंग भिभोले २०१८-२०२३ सम्म ५ वर्षको सम्झौताको लागि २,१९९ करोड भरातीय रुपैयाँ दिने सम्झौता गरेको थियो। प्रति वर्ष ४४० करोड भारु पाउने हुँदा भिभोसंग सम्झौता रद्द गर्न बिसीसीआईले मानिरहेको थिएन। तर भिभोलाई पनि दवाव परेका कारण उसैले हात झिक्दा दुवै पक्षलाई जित-जितको अवस्था भएको छ।

१३औं  संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा आयोजना हुँदैछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)