हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार

काठमाडौं : मलेसियाले ३१ हजार नेपाली कामदार माग गरेको छ । मलेसियाले क्‍वालालम्पुरस्थित नेपाली दूतावासमार्फत एक विज्ञप्ति जारी गर्दै ३१ हजार २०१ जना नेपाली कामदार माग गरेको हो ।

Advertisement

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि १० हजार १८३, कृषि क्षेत्रका लागि १४ सय ७५, प्लान्टेसनका लागि १३ सय ९७ र निर्माण क्षेत्रका लागि एक हजार ३० जना नेपाली कामदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)