हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

माइक टाइसन १५ वर्षपछि फर्किदैछन् रिङमा

  काठमाडौं l विश्वचर्चित तथा आफ्नो खेल करिअरमा फरक पहिचान बनाएका ५३ वर्षीय माइक टाइसन १५ वर्षपछि बक्सिङ रिङमा फर्कने तयारीमा छन्। उनले एक लाइभ च्याटमा पुन रिङमा उत्रने बताएका हुन्। टाइसन एक च्यारिटीका लागि बक्सीङमा फर्कनेछन् । च्यारिटीबाट उठेको पैसा टाइसनले घरबारविहीन मानिसहरुका लागि घर बनाउन खर्च गर्ने बताएका छन्। च्यारिटी खेलका लागि टाइसन लगातार अभ्यासमा रहेका छन् ।

Advertisement

टाइसन विश्व बक्सिङ च्याम्पियनसिपमा सर्वाधिक कम उमेरमा विश्व च्याम्पियन बन्ने खेलाडीका रुपमा रहेका छन् । टाइसनले १९८० को दशक पुर्णरुपमा आफ्नो नियन्त्रणमा राखेका थिए । उनले विश्वका प्रतिष्ठीत ५० बढी प्रतियोगितामा जित निकालेका छन्। उनले आफ्नो करिअरमा विरलै मात्र हारको सामना गर्नुपरेको थियो । टाइसनले २००५ मा सन्यासको घोषणा गरेका थिए ।

Advertisement

आफ्नो खेल करिअरमा हिस्रक खेलाडीका रुपमा परिचित रहेका टाइसन धेरै विवादीत र सफल खेलाडी मानिन्छन् । २८ जुन १९९७ मा एमजीएम ग्रान्ड गार्डन अरेनामा भएको हेविवेट च्याम्पियनसिपमा बक्सर टाइसनले आफ्नो प्रतिद्धन्दि इवांडर होलीफीलडको कान टोकेर छिनाइदिएका थिए ।

खेलको तेस्रो राउन्डमा टाइसनले होलीफिल्डलाई पहिलो पटक टोकेपछि खेल रोकिएको थियो । फेरि खेल दोस्रो पटक सुरु भएपछि उनले होलीफिल्डको कान पुन टोकेका थिए । उनले यो पटक कान यस्तरी टोके कि कानको माथिल्लो भाग छिनेर भुइँमा पुगेको थियो । त्यसपछि रेफ्रीले टाइसनलाई अयोग्य घोषित गर्दै होलीफील्डलाई विजेता घोषित गरेका थिए ।यो घटनाका लागि उनालाई ३ मिलियन डलर जरिवाना गरिएको थियो भने एक वर्षका लागि बक्सीङ खेल्न नपाउने गरि प्रतिबन्धसमेत लगाइएको थियो ।

त्यस्तै, १९९२ मा माइक टाइसनलाई १८ वर्षीय मिस ब्ल्याक अमेरिकी प्रतियोगि डेसैरी वासिंगटनलाई बलत्कार गरेको आरोपमा १० वर्षको सजाय सुनाइएको थियो भने ३० हजार डर जरिवाना समेत गरियो। ३ वर्ष ६ हप्ताको सजाय काटेपछि उनी रिहा गरिएको थियो ।

एकवर्षपछिनै टाइसन पुन एक एक्सीडेन्टका दौराना कुटपिटमा संलग्न भएको आरोपमा १९९९ मा उनलाई एकवर्षको जेल सजाए सुनाइएको थियो । पुर्व हेविवेट विश्व च्याम्पियन टाइसन बक्सङिका मसिहा मानिन्छन् तर उनी सर्वाधिक विवादीत खेलाडी मध्येमा पर्ने गरेका छन्। उनी एक लाइभ कार्यक्रममा एंकरलाई गाली गरेका कारण उनीसँग अन्तवार्ता लिन संचारकर्मी समेत त्रसित हुने गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)