हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माधव नेपालमाथि ओलीको आक्रोश ! कामरेड होइनन्, अपराधी हुन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि आक्रोश पोखेका छन् ।

Advertisement

बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल जनविरोधी अपराधी भएको बताए । नेपाललाई कमरेड भन्न नमिल्ने भन्दै ओलीले उनी जनविरोधी अपराधी भएको बताए ।

Advertisement

नेपाल कमरेड नभई पार्टीलाई ध्वस्त पार्ने एमाले विरोधी भएको बताउदै उनले भने उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् l

आफु नेतृत्वको सरकारलाई ढाल्न लागि परेका नेपाललाई एक दिन पोल्ने बताउदै ओलीले भने गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ।

उनले कांग्रेस नेतृत्वको सरकारले विकासका काम देख्न नसकेको बताए । कांग्रेस नेतृत्वको सरकार बुख्याँचा भएको भन्दै बुख्याँचाले जस्तो बाली खान आउनेलाई तर्साउँन समेत नसकेको बताए ।

अहिलेको सरकार हुती नभएको भन्दै ओलीले विदेशीसँग देशको पक्षमा बोल्न पनि नसक्ने बताए । उनले भने  यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छु

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)