समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

मेस्सीको चमक : इन्क्टर मियामी एमएलएस कप च्याम्पियन

फोर्ट लडरडेल — लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनको बलमा इन्क्टर मियामीले मेजर लिग सकर (एमएलएस) कप उपाधि हात पार्न सफल भएको छ। शनिबार राति भएको फाइनलमा मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै उपाधि आफ्नो पक्षमा पार्‍यो।

फाइनल केवल दुवै क्लबबीचको प्रतिस्पर्धा मात्र नभई अर्जेन्टिनाका लिजेन्ड मेस्सी र जर्मन स्टार थोमस मुलरबीचको व्यक्तिगत भिडन्तका कारण पनि विशेष बन्यो। यसअघि दुवै ख्यातिप्राप्त खेलाडी आमनेसामने भिडेका १० खेलमध्ये सात पटक मुलरको टिम विजयी भएको इतिहास रहे पनि यसपटक बाजी मेस्सीले जिते।

विज्ञापन (Advertisement)Advertisement

मेस्सीले फाइनलमा गोल गर्न नसके पनि दुई असिस्ट दिए। उनको पासमा रोद्रिगो डे पउलले ७१औँ मिनेटमा तथा तादेओ एलेन्डेले इन्जुरी टाइमको छैटौँ मिनेटमा गोल गरे। एक गोल ह्वाइटक्याप्सका एडियर ओकम्पोको आत्मघाती रह्यो। प्रतिद्वन्द्वी तर्फबाट एक मात्र गोल अली अहमदले ६०औँ मिनेटमा गरे।

एमएलएससँगै मेस्सीले आफ्नो क्यारियरको ४७औँ ट्रफी जोड्दै सिजन समापन गरेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)