हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मैत्रीपूर्ण सम्बन्धमा क्षति’ भारतीय कांग्रेसको विज्ञप्ती

झापा/ भारतीय राष्ट्रिय कांग्रेसले एक विज्ञप्ती जारी गर्दै भारत र नेपालबीच वार्ताका माध्यमबाट द्वन्द्व र मत भिन्नतालाई निरुपण गर्ने स्थापित द्विपक्षीय संयन्त्र हुँदाहुँदै उत्पन्न वर्तमान गतिरोधले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा क्षति पुगेको जनाउँदै त्यसलाई अविलम्ब सम्बोधन गर्न माग गरेको छ ।

Advertisement

अखिल भारतीय कांग्रेस समितिको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका नेता आनन्द शर्माले जारी गरेको विज्ञप्तीमा एक अर्काका संवेदनशीलतालाई बुझेर दुवै देशले रणनीतिक साझेदारीको प्रवद्र्धनका निम्ति अति धेरै लगानी गरेको तर्फ भारतीय सरकारको ध्यानाकर्षण गराउँदै विज्ञप्तीमा वार्ताबाटै निकास खोज्न सुझाव दिइएको छ । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको हो ।

Advertisement

विज्ञप्तीमा कूटनीति र संवादको माध्यमबाटै वर्तमान समस्याको समाधान खोजिनुपर्ने आवश्यकता औँल्याइएको छ । ऐतिहासिक एवं समयले परख गरेको पारस्परिक सम्मान, मैत्री र विश्वासमा आधारित भारत–नेपाल सम्बन्ध दुई देशका जनताबीचको सुदृढ, सांस्कृतिक सम्बन्ध र रीतिरिवाजले अद्वितीय र विशेष तुल्याएको बताउँदै वक्तव्यमा प्राकृतिक छिमेकी एवं मित्र भारत र नेपालबीचको लामो समयदेखिको अमूल्य सद्भावलाई सुदृढ र सुरक्षित बनाउन सुझाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)