झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं. २ बस्ने ७६ वर्षीय धान्य प्रसाद दुलाल रहेका छन्।

​प्रहरीका अनुसार गत वैशाख ३१ गते दिउँसो साढे ३ बजेको समयमा कमल गाउँपालिका-२ समयगढ स्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो। क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्र.१-०२-०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदल यात्री दुलाललाई ठक्कर दिएको थियो।

​मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुलाललाई तत्काल उपचारका लागि कमल नगर अस्पताल क्याम्पा लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी (B&C) अस्पताल रेफर गरिएको थियो। अस्पतालमा उपचारकै क्रममा जेठ ४ गते राति साढे ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।

​दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार