हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

म्यानचेस्टर सिटीलाई १ – ० ले पराजित गर्दै लिभरपुल बिजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेको हो । साउथह्याम्पटनको जितमा १६ औँ मिनेटमा चे एडम्सले गरेको गोल नै निर्णायक बन्यो ।

Advertisement

यस्तै आइतबार राति नै भएको खेलमा उपाधि विजेता लिभरपुल भने विजयी भएको छ । उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको लिभरपुलले त्यसपछिको खेलमा भने जित निकालेको हो । लिभरपुलले आइतबार राति भएको खेलमा एस्टन भिल्लालाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७१ औँ मिनेटमा साडिओ माने र ८९ औँ मिनेटमा कर्टिस जोन्सले गोल गरे ।

Advertisement

जितपछि लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६६ अंक रहेको छ । लिग अन्तर्गत आइतबार राति भएका अरु खेलमा बर्नली र शेफिल्ड युनाइटेडले १–१ तथा न्यूक्यासल र वेष्ट ह्याम युनाइटेडले २–२ को बराबरी खेलेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)