हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रिय जनतान्त्रिक गठबन्धन लेप्रेस नोट जारी

राष्ट्र बचाउ अभियान तहत पुर्व-घोषित दोस्रो चरणको देशव्यापी आन्दोलनका कार्यक्रमहरुमा उल्लेखनीय उत्साहजनक स्वस्फूर्त जनसहभागिताका लागि सबैलाई हार्दिक धन्यवाद अर्पण गरेको छ ।

Advertisement

आज सम्पन्न “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” को सचिवालयको भर्चुअल बैठकको निर्णय र आम जनभावनाको उच्च-कदर/सम्मन गर्दै, दोस्रो चरणका घोषित कार्यक्रमहरुलाई नै मिति २०७७/०३/१० गतेसम्म निरन्तरता दिन हामी सम्पूर्ण कार्यकर्ता, नेता, शुभेच्छुक, समर्थक, सहयोगी सबैलाई आग्रह सहित सु-सुचित पनि गर्दछौं प्रेस नोटमा भनिएको छ ।

Advertisement

डा, मनोज मुक्ति बिबेक ब्दारा हस्ताक्षरित उक्त प्रेस नोटमा कोरोना महामारी र त्यसबाट पर्नसक्ने स्वास्थ प्रतिकुलतालाई मध्यनजर गर्दै शारीरिक दुरी कायम राख्दै आम देशभक्त नेपालीलाई जो जहाँ हुनुहुन्छ, त्यही बाट राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रको अस्मिता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र देश-बेचुवा राष्ट्रघातीहरुको विरुद्ध गरिएको यस महा-युद्धको शंखनादमा राष्ट्रिय झण्डा बोकी घर-घर, टोल-टोलबाट सक्रिय भुमिका निर्वाह गर्न सबैलाई अपील गररिएको छ !

प्रेस नोटमा भनिएको छ ‘अब नेपाल बचाउने अभिभारा, दायित्व, कर्तब्य र जिम्मेवारी आम नेपालीको काँधमा आईपरेको यथार्थलाई हामी सबैले आत्मसात गर्नैपर्ने हुन्छ, नेपाल रहे मात्र हामी नेपाली रहन्छौँ सबैलाई चेतना भया !’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)