हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – २२

लघुकथा : फुईयाको फुरफुर – २२

Advertisement

नेपाली समाज विचित्रको छ। उसले समाज हेर्यो अनि विश्लेषण गर्यो। नेपाली समाजमा सबै जनतालाई सवारीमा चढ्दा झ्याल छेउकै सिट चाइन्छ। प्रश्न उठ्दछ, अनि सबैलाई झ्याल छेउको सिट कसरी दिने त ? यसको समाधान गफ गरेर टिकट काउन्टर एबम् सवारीका कर्मचारीले दिन्छन, मेलमिलाप देखि सिट नम्बर भनेर। नेपाली जनतलाई दशैमा मासु भात नै चाहिन्छ, साग खाएर हुँदैन। दशैंको अर्थनै मासु- भात भैसकेको छ। गाडी चढ्दा झ्याल छेउको सिट नखोज्ने तथा दशैमा मासु भात नखानेलाई के समाजले स्वीकार गर्ला? गर्ला तर अचम्म मानेर। नेपाली जनतालाई देश बचाउने चाहिएको छ। कहिले राजा आऊ देश बचाउ भन्छन्, कहिले सेना आऊ देश बचाउ भन्छन्, मानौं देशमा प्रलय आउन आटेको छ। साथमा नेपाली जनतालाई चुना लगाउने चाहिएको छ, जसले चुना लाग्यो उसलाई चुना बाट चुनावमा पुर्याएर आँफैले भोट हाल्दछन। नेपाली जनताको मनोविज्ञान पनि फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)