हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – २९

लघुकथा : फुईयाको फुरफुर – २९

Advertisement

उ पुस्तक प्रेमी व्यक्ति थियो। पुस्तक पढ्न, संकलन गर्न एबम् आफ्नो व्यक्तिगत पुस्तकालयलाई हराभरा राखेर, विद्याको धन एबम् ध्यानमा रमाउने। उमेर ढल्किँदै जाँदा विवाहको लागि उ योग्य व्यक्ति भयो। केटी त हेर्नै पर्यो, तर जमनाले विद्या होइन धन खोज्यो। उसले विचार गर्यो, पैसा पुस्तक होइन सुन किन्न खर्च गरेको भए अहिले उ सँग सुन हुन्थ्यो। सुनको भाउ हरेक दिन बढ्दछ जबकि पुस्तकको भाउ प्रकाशन भएपछि घट्दछ हरेक संस्करणमा विभन्न प्रकाशक अनुसार। सुन कहिल्यै विग्रिदैन, पुस्तकको पाना च्यातिदा अर्थहीन हुन्छ, धमिरा आदि किराले खाने दर, मुसा लाग्ने भय, सबैको नजर लागेर पढ्न मन गरेर फिर्ता नदिने त्रास। उसले आदि इत्यादि विचार गर्यो। अनि निष्कर्ष निकाल्यो, घरमा पुस्तक छन् भन्दा कसले पो छोरी देलान् त। पुस्तक बेचिदा पनि भाउ घट्दछ, जबकि सुनको भाउ स्थिर की अझै बढ्दछ। उसले निष्कर्ष निकाल्यो, पुस्तकमा लगानी गरेर प्रतिफल खोज्नु मूर्खता हो। हो पैसा कमाउने माध्यम पनि पुस्तक बाटै सिकिन्छ, तर लगानी को अभावमा सपना आफैं एक नयाँ पुस्तक बनेर बजारमा आउँदछ। पुस्तक प्रतिको उसको मोह फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)