हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लिभरपुल क्वाटरफाइनलमा प्रवेश

एजेन्सी, २७ फागुन । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।खेलको ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)