हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विप्लव नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जना पक्राउ

मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विरुद्ध जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनका उपाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँ जिल्ला उपाध्यक्ष गोविन्द विष्ट र गणतान्त्रिक मञ्चका केन्द्रीय सचिव पूर्ण बहादुर श्रेष्ठलगायत पाँच जना पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाको टोलीले जमलको थहिटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरी स्रोतका अनुसार उपाध्यक्ष बिष्ट प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।लामो समयदेखि बिष्टले डरधम्की देखाई काठमाडौँका व्यवसायीहरुसँग चन्दा माग्दै आएको बताइएको छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)