हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विश्वप्रकाश र अग्नीको राजनीति हेर्दा लाज लाग्छ–दाहाल

झापा, कात्तिक ५ । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं १ बाट नेपालका लागि नेपाली पार्टीका उम्मेदवार मुकुन्द दाहालले विश्वप्रकाश शर्मा र अग्नी खरेलको राजनीति हेरेर आफूलाई लाज लागेको बताएका छन् ।

Advertisement

ठूला पार्टीका ती नेताहरु हिजो चप्पल लगाएर हिड्ने गरेकोमा के के गरेर आज अकुत सम्पति कमाएको उनले आरोप लगाए । आफ्नो उम्मेदवारी र चुनाव प्रचारप्रसारका बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्षतर्फका उम्मेदवार दाहालले ठूला पार्टी र तिनका नेताले गरेका हरेक गलत गतिविधिलाई नजरअन्दाज गर्न नसकिने बताए ।

Advertisement

‘ ठूला भनाउँदा पार्टीहरु बाघ होइनन् ’उनले भने ,‘अत्याचार अति भएपछि उपस्थितिकै लागि भएपनि उम्मेदवारी दिएको हुँ ।’ उनले हार्नु जित्नु सवाल नभएको भन्दै हारेपनि आफू जनतासंगै रहने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)