हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

वीरेन्द्र शर्मा पाँचौ पटक बेलायतको संसदमा निर्वाचित

लण्डन । बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका एकजना नेता तथा इलिङ्ग साउथहलबाट सांसद पदका उम्मेदवार वीरेन्द्र शर्मा पाँचौ पटक संसदमा निर्वाचित भएका छन्। बिहिबार भएको चुनावमा उनले २५,६७८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी, कन्जरभेटिभ पार्टीका टम बेनेटले ९,५९४ । उनको पार्टीले चुनावमा पराजय बेहोर्नु परे पनि लामो समयसम्म स्थानीय समुदायको सेवा गरेका कारण शर्मा फेरी निर्वाचित भएको ठानिएको छ, तर उनले पाएको मत संख्या भने झन्डै १० प्रतिशतले घटेको छ ।

Advertisement

उनले आफु ब्रिटेन युरोपमै रहनुपर्छ भन्ने पक्षमै रहेको खुलासा पनि गरेका थिए । सांसद शर्माका निकट सहयोगी तथा लेबर पार्टीका एकजना समर्थक एभरेस्ट गौतमले पुरै मुलुक भरि कन्जरभेटिभ पार्टीको लहर चलेका बेला पांचौ पटक फेरी निर्वाचित भएर संसद शर्माले आफ्नो लोकप्रियता फेरी पुष्टि गरेको जनाए। उनले आफ्नो कार्यकालमा सांसद शर्माले नेपाल तथा ब्रिटेनबीच सम्बन्ध सुदृढ गर्न थप योगदान पुराउने विश्वास समेत व्यक्त गरे।

Advertisement

भूतपूर्व गोर्खाहरुको बसोबास रहेको हेन्डन क्षेत्रबाट कन्जरभेटिभ पार्टीका उम्मेदवार डा म्याथ्यु अफोर्ड फेरी सांसद पदमा निर्वाचित भएका छन्। अफोर्डले भूतपूर्व गोर्खा सैनिकहरुको माग पुरा गराउन सक्दो भूमिका निर्वाह गर्ने बताएका छन्।

शुक्रबार बिहानसम्म प्राप्त नतिजा अनुसार प्रधानमंत्री बोरिस जोनसनले नेतृत्व गरेको कन्जर्भेटिभ पार्टीले ३६२ स्थान जितेर संसदमा स्पष्ट बहुमत हासिल गरेको छ भने मुख्य विपक्षी लेबर पार्टीले २०३ स्थान जितेको छ। ६५० सदस्य संख्या रहेको हाउस अफ कमन्समा ६४८ पदको नतिजा प्राप्त भै सकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)