हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

शनिवार मध्यरातदेखि व्यापक वर्षाको सम्भावना, तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सुझाव

काठमाडौं । मौसमविद्हरूले भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएका छन्। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर व्यापक वर्षा हुने देखिएको छ।

Advertisement

उपाध्यायका अनुसार कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको छ। यस्तो अवस्थामा आकस्मिक बाढी र पहिरोको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

Advertisement

“अबको दुईदेखि तीन दिनसम्मको अवधिमा लामो दूरीको यात्रा नगर्नु राम्रो हुन्छ,” उपाध्यायले बताए। विशेषगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा टार्नुपर्ने सुझाव दिइएको छ। यद्यपि आज र भोलिको लागि तराई क्षेत्रमा मौसम अपेक्षाकृत सुक्खा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ लगायतका जिल्लाहरूमा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ।

त्यस्तै, सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमजुङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा र दार्चुलामा पनि बाढीको जोखिम मध्यम स्तरको रहने महाशाखाले जनाएको छ।

महाशाखाले बाढीको जोखिम भएका तथा त्यसका आसपासका क्षेत्रमा बहने खोला तथा नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन जनसाधारणलाई अनुरोध गरेको छ।

https://drive.google.com/file/d/1dkOhKUL6rZ1lZ0PTRbaQwpdiJM8E4B0e/view

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)