हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सनातन धर्म सेवा समिति झापाले ४० औं अभिनन्दन तथा सम्मान समारोह सम्पन्न

बिर्तामोड । गुरु पूर्णिमा तथा व्यास जयन्तीको अवसर पारेर सनातन धर्म सेवा समिति झापाले ४० औं अभिनन्दन तथा सम्मान समारोह सम्पन्न गरेको छ । संस्थाका कार्यबाहक सभापति पं. सोमनाथ सुवेदीको सभापतित्वमा सोमबार आयोजना भएको कार्यक्रममा सामाजिक एवं धार्मिक व्याक्तित्व पं. दामोदर पोखरेल अभिनन्दित र पूर्व अञ्चल न्यायाधीश नन्दप्रसाद पौडेल सम्मानित भएका छन् ।

Advertisement

बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य भएको कार्यक्रममा डा. रुपकप्रसाद खनाल, डा. पुण्य सिग्देल, रबिनकुमार शर्मा खनाल, सोमनाथ गौतम, नारायणप्रसाद भट्टराई, देवीभक्त श्रेष्ठ, नेत्रकुमारी खनाल, गणेशप्रसाद खनाल, नैनकला भट्टराई, देवी दंगाल, पुण्यप्रसाद दंगाल, प्रेमप्रसाद कडरिया लगायतको आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रममा पं. ज्यो. बिष्णु बास्तोलाको अगुवाईमा ओमकार उच्चारण गरी सुरु गरिएको कार्यक्रममा उपसभापति गंगाप्रसाद भट्टराई बोझेले स्वागत मन्तव्य, गार्गी बिद्या पिठबाट उपस्थित माताहरुको समूहद्वारा स्वस्ति वाचन, लक्ष्मीप्रसाद खनालले जगदिश्वर स्तुति, देवीभक्त श्रेष्ठले रास्ट्रगान गाएका थिए ।

सभाध्यक्ष पं सोमनाथ सुवेदी र विशिष्ट अतिथि रुपकप्रसाद खनालले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सम्मानित व्याक्तित्वको परिचय सचिब लक्ष्मीप्रसाद दंगालले गराएका थिए । नैनकला भट्टराई, डा. रुपकप्रसाद खनाल, डा. पुण्यप्रसाद सिग्देल र नारायण प्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि र सभाध्यक्षले उनीहरूलाई अभिनन्दन पत्र र सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

  

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)