हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सपनामा सुन देख्नु कस्तो अवस्थामा शुभ, कस्तोमा अशुभ ? हेर्नुहोस् सुनले गर्ने संकेत !

ज्योतिष शास्त्रका अनुसार सपनामा देखिने सबै कुराले हामीलाई केही न केहि संकेत गराइरहेको हुन्छ। सपनाको सम्बन्ध हाम्रो भित्री मन वा आत्मासँग जोडिएको छ भन्ने विश्वास गरिन्छ। कहिलेकाँही सपनामा एउटा कुरा बारम्बार देखि रहन्छ भने यसको मतलब सपनाले हामीलाई केहि संकेत दिन खोजि रहेको हुन्छ। तर हामी यसलाई बुझ्न भने सक्दैनौ। केही सपनाले भने, जीवनमा राम्रो संकेत पनि दिने गर्दछ।

Advertisement

धेरै पटक सपनामा गहना तथा सुन देखा पर्दछ र यसको आफ्नै महत्त्व रहेको हुन्छ। यदि सपनामा सुन देखियो भने जान्नुहोस्, यसले तपाईको जीवनमा के अर्थ राख्दछ र यसले के संकेत दिन खोजेको छ‘।

Advertisement

सपनामा अधिक सुनका गहनाहरु देखेमा, तपाई कुनै विवाह समारोह आदिमा सहभागी हुदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ, जसमा तपाईको पैसा पनि खर्च हुनेछ।यदि सपनामा आफुसंग भएको सुन अरुलाई दिएको देख्नुहुन्छ भने, कसैले तपाईलाई मूर्ख बनाएर तपाईबाट पैसा कमाउँने संकेत दिएको हुन्छ।

सुनको गहना चोरी भएको देख्नु भएमा, एक विपक्षीले तपाईलाई हानी पुर्याउने संकेत मानिन्छ।सपनामा, सुनको एक सानो टुक्रा देखा पर्यो भने, तपाईको घरमा कोहि बिरामी हुन गइरहेको र पैसा खर्च हुने संकेत गराउँदछ।सुनका गहनाहरु किन्दै गरेको देख्नु भएमा, चाँडै तपाईको भाग्य खुल्दै छ र तपाईको जीवनमा प्रगति हुदैछ भन्ने बुझ्नु पर्छ।कसैबाट सुन प्राप्त गर्नुको मतलब, तपाईको सम्पत्ति बढिरहेको छ भन्ने बुझिन्छ।

कसैले तपाईलाई सुन उपहार दिन्छ भने, तपाइको व्यवसायमा राम्रो सफलता हुने संकेत मानिन्छ।सपनामा आफूले सुनका गहना लगाएको देख्नु भएमा, तपाईको बिवाहित जीवन वा तपाईको काममा समस्या आउने संकेत दिएको हुन्छ।सपनामा कुनै पनि रुपमा सुन दिनु भनेको पैसा गुमाउने संकेत मानिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)