झापा । प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाबाट एकजनालाई पनि समेट्न नसकेपछि जिल्लाभित्र असन्तुष्टि देखिएको छ।
गत निर्वाचनमा देशभरकै समानुपातिक मतमध्ये झापाबाट मात्रै करिब ७८ हजार मत प्राप्त गरेको रास्वपाले यसपटक समानुपातिक तर्फ झापाबाट एकजनाको पनि नाम नसमेट्दा स्थानीय नेता तथा कार्यकर्ताहरू आश्चर्यचकित भएका छन्।
पार्टीले चितवन जिल्लाबाट २१ जना र मोरङ जिल्लाबाट १५ जना समानुपातिक उम्मेदवार सिफारिस गरेको अवस्थामा झापाबाट एकजनाको पनि नाम नआउनु जिल्लालाई उपेक्षा गरिएको रूपमा हेरिएको छ।
स्थानीय तहमा संगठन विस्तार र उल्लेखनीय मत योगदान हुँदाहुँदै पनि समानुपातिक सूचीमा प्रतिनिधित्व नपाउनु पार्टीको आन्तरिक निर्णयप्रति प्रश्न उठ्ने अवस्था आएको स्थानीय नेताहरूको भनाइ छ।
यस विषयमा पार्टी नेतृत्वबाट औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
समानुपातिक सूचीमा झापा उपेक्षित भएको भन्दै रास्वपाभित्र असन्तुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















